Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारीसाधनमा लगाएको कर घटाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथिको छलफलमा लिङ्देनले बजेटमा करको दर र दायरा बढाउने क्रम अन्धाधुन्ध भएको आरोप लगाए। यसले पार्ने नकारात्मक प्रभावबारे पनि सोच्नुपर्ने उनको भनाइ थियो।

उनले आगामी वर्षको बजेट अनुदान र ऋणमा आधारित रहने जिकिर गरे। यस्तो बजेटले जनअपेक्षा अनुसार अर्थतन्त्र सुधार गर्न नसक्ने उनको भनाइ थियो। अध्यक्ष लिङ्देनले विद्युतीय सवारीसाधनमा कर घटाउनुपर्नेमा जोड दिए। “विद्युतीय सवारीसाधनको कर घटाउनुपर्छ,” उनले भने। सर्वसाधारणलाई मर्का पर्ने गरी कर बढाइएको उनको भनाइ थियो।

“सर्वसाधारणले किन्न सक्ने विद्युतीय गाडीमा कर बढाइएको छ, विद्युतीय बसमा कर बढाइएको छ, तर महँगो गाडी, ठूलाबडाले चढ्ने गाडीको कर घटाइयो,” लिङ्देनले भने, “अझै पनि सुधार गर्न सकिने ठाउँ छन् भने सुधार गरेर जानुपर्छ। विद्युतीय गाडीको कर घटाउनुपर्छ।”

 

तपाईको प्रतिक्रिया