Deneme Bonusu Veren Siteler
शुक्रबार, आषाढ २८, २०८१
Friday, July 12, 2024

काठमाडौं – उडिरहेको कोरियन एयरको जहाजभित्र चुरोट सेवन गर्ने एक जना यात्रु पक्राउ परेका छन् । दक्षिण कोरियाको सियोलबाट काठमाडौँका लागि उडेको कोरियन एयरको ६९५ नम्बरको उडानबाट आएका झापाका सुवास पुरी पक्राउ परेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिनेबित्तिकै पुरीलाई विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको थियो । पुरीले उडिरहेको जहाजको ट्‍वाइलेटमा चुरोट सेवन गरेका थिए । चुरोट सेवन गरेको पाइएपछि पाइलटले काठमाडौँमा रहेको एयर ट्राफिक कन्ट्रोल (एटिसी)लाई खबर गरेका थिए। एटिसीले लगत्तै विमानस्थल प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले विमान अवतरण नहुँदै नियन्त्रणका लागि तयारी अवस्थामा रहेको स्रोतले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया