Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – कालिकोटमा बोलेरो जिप पल्टिँदा दम्पतीको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका वडा न २ सेरामा जिप दुर्घटना हुँदा दम्पतीको मृत्यु भएको हो ।

बसपार्कबाट जितेका लागि छुट्न लागेको ब १ च ४६४१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा रास्कोट १ का वर्ष ४३ का मनबहादुर साही र उनको श्रीमती मन कुमारी शाहीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय रास्कोटबाट प्रहरी टोली घटनास्थल तर्फ गएको छ ।

स्थानीयका अनुसार चालकले गाडी स्टार्ट गरेर जुत्ता लगाउन गएका बेला गाडी ब्याक सरेर खोलामा गएको हो । घटनाबारे थप विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया