बुधबार, आषाढ १२, २०८१
Wednesday, June 26, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामदेव गौतम गौतम नेकपा एमालेमा आउने कुरा ठीक भएको बताएका छन् । गौतमको पार्टी सदस्यता एमालेमै रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

बुधबार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीले ७० वर्षे उम्मेर हद हटाउने हो भने बामदेव गौतमले एमाले आउने कुरा गर्नु भयो नि भनी ओलीलाई प्रश्न गरेका थिए । जवाफमा ओलीले भने, ‘अब थप केही कुरा छ र ?’

ओलीले यसबीचमा पनि गौतमले पार्टी एकता अभियान चलाएको र नयाँ पार्टी नबनाएको बताए । ओलीले भने, ‘उहाँले सदस्यता ती छ भन्नु भयो होइन । अनि, कुरा बाँकि छ केही छ थप कुरा ? उहाँले बीचमा पार्टी होइन एउटा फोरम बनाउनु भयो । एकता अभियान चलाउनु भयो । त्यो अभियान मात्रै हो । पार्टी खोलेको होइन । एमालेमा जान्छु भन्नु भएको छ । त्यो ठीक छ । ठीक छ । उहाँको पार्टी सदस्यता एमालेमै छ ।’

तपाईको प्रतिक्रिया