बिहिबार, मंसिर १४, २०८०
Thursday, November 30, 2023

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान गठन गरेर अलग्गै गतिविधि गरिरहेका बामदेव गौतमले नेकपा एमालेमा आउन तयार रहेको बताएका छन् । एमालेले ७० वर्षे उमेर हद हटेपछि गौतमले यस्तो बताएका हुन् ।

एमालेले कार्यकारिणी कमिटीमा बस्न ७० वर्षे उमेर हदको बाधा फुकाएपछि राष्ट्रिय सभाका सदस्यसमेत रहेका गौतम उत्साहित देखिएका छन् । ‘मैले औपचारिकरूपमा थाहा पाउनु परेन ?,’ गत जेठ १९ गते एमाले सचिवालय बैठकले उमेर हद निलम्बन गरेको विषय प्रष्ट्याउँदै उनले बुधबार भने, ‘अहिलेसम्म जम्मा मुकुन्द न्यौपानेलाई ल्याउनका लागि गरिएको छ ।’

उनले यसबारे एमाले अध्यक्ष ओलीले फोनबाट जानकारी गराएर पार्टीमा आउन भने पनि आफू फर्कन इच्छुक रहेको संकेत गरेका हुन् । ‘अध्यक्षले फोनबाट बोलाए पनि त भयो नि ?,’ उनले भने ।

तपाईको प्रतिक्रिया