Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौं – मेडिसिटी अस्पतालमा सफ्टवेयरको दुरुपयोग गरी ठगी गर्दै आइरहेका तीन कर्मचारीलाई प्रहरीले सार्वजनिक गरेको छ। ती कर्मचारीले अस्पतालबाट २ करोड ६३ लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको थियो।

ललितपुरका एसएसपी शिद्धिविक्रम शाहका अनुसार पक्राउ पर्नेमा अस्पतालको बिलिङ सेक्सनमा काम गर्ने कर्मचारीहरु छन्। पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ तथा आपराधिक विश्वासघातको कसुरमा जिल्ला अदालत ललितपुरबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।

एसएसपी शाहका अनुसार ठगी आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरले दोलखाको भीमेश्वर नगरपालिका–४ घर भइ भक्तपुर ठिमी बस्दै आएका मेडिसिटीको एक्जुकेटिभ आईपी बिलिङमा कार्यरत ३४ वर्षीय राघव सापकोटा, ललितपुरको गोदावरी नगरपालिका–११ चापागाउँका २९ वर्षीय सनम देशार र काठमाडौं बालुवाटारका ३४ वर्षीय आशिष अर्याललाई पक्राउ गरिएको छ।

उनीहरुले विगत एक वर्षदेखि अस्पतालको सफ्टवेयरको दुरुपयोग गर्दै ठगी गरिरहेको प्रारम्भिक अनुसन्धानका क्रममा भेटिएको प्रहरीले जानकारी दिएको छ। ती कर्मचारीले सफ्टवेयरको दुरुपयोग गरी बिरामीहरुबाट बेड चार्ज, डाक्टर चार्ज, नर्सिङ चार्ज वापत वास्तविक शुल्क लिने र सफ्टवेयर इन्ट्रीमा भने वास्तविकभन्दा कम शुल्क राख्दै ठगी गरेको पाइएको प्रहरीले जनाएको छ।

‘५/६ पटक चेक गरेको छ भने सफ्टवेयर मार्फत अस्पतालमा २/३ पटक मात्र जाँचेको देखाउने, भर्ना भएको दिनको पनि बिरामीले १० दिनको पैसा तिरेको छ भने अस्पतालमा ५/६ दिनको मात्र देखाउने जस्ता कार्य गरेको भेटियो,’ एसएसपी शाहले भने, ‘एक वर्षदेखि यसैगरी ठगी गर्दै आइरहेको देखियो।’

 

तपाईको प्रतिक्रिया