Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँले बढेको छ । यसैगरी चाँदीको मूल्य भने बुधबार नेपाली बजारमा स्थिर छ । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको थियो । आज (बुधबार) भने प्रतितोला दुई सय रुपैयाँले बढेको हो । नेपाली बजारमा बुधबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढ्दै एक लाख १२ हजार ७०० रुपैयाँ कायम छ । हिजो (मंगलबार) एक लाख १२ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन पनि बुधबार प्रतितोला दुई सय रुपैयाँले बढेको छ । मंगलबार एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बुधबार प्रतितोला एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार बुधबार चाँदीको भाउ भने स्थिर छ । अघिल्लो दिन अर्थात् मंगलबार चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भएको थियो । आज (बुधबार) पनि चाँदी प्रतितोला एक हजार ४२० रुपैयाँमै कारोबार भएको छ । महासंघका अनुसार अस्ति सोमबार भने चाँदी प्रतितोला एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

 

तपाईको प्रतिक्रिया