Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र बनाउने प्रतिबद्धता जनाएका छन् । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।उनले खप्तडको धार्मिक पर्यटन विकास सरकार लागि परेको पनि बताए । ‘खप्तड आर्थिक विकासको केन्द्र र पर्यटन विकासको केन्द्र बन्छ, खप्तड क्षेत्रलाई पर्यटन मैत्री आध्यात्मिक केन्द्रको रूपमा विकास गर्छौँ,’ प्रधानमन्त्री प्रचण्डले भने ।आध्यात्मिक केन्द्र निर्माणका लागि लगानी गर्न रामदेव र आचार्य बालकृष्ण पनि इच्छुक रहेको प्रधानमन्त्रीले बताएका थिए । उनले खप्तड विकास कोष वा प्रतिष्ठान बनाउने विषयमा पनि छलफल गर्ने बताए । आफू सुदूरपश्चिम प्रदेशको विकासको लागि प्रतिबद्ध रहेको उनको भनाई छ ।प्रधानमन्त्रीले उद्घाटन गरेको सम्मेलनमा योगगुरु रामदेव, आचार्य बालकृष्ण, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, प्रदेश प्रमुख देवराज जोशी, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद लगायत उपस्थित थिए । खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा मंगलबारबाट आध्यात्मिक सम्मेलन सुरु भएको हो ।भू-स्वर्गका रूपमा चिनिने खप्तडलाई अन्तर्राष्ट्रियस्तरमा चिनाएर पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ । सम्मेलनमा स्वामी रामदेवले ध्यान र प्रवचन दिने कार्यक्रम पनि तय भएको छ । अन्तर्राष्ट्रियस्तरमा खप्तडको प्रचारप्रसार हुने र यसले यहाँको पर्यटन विकास हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया