Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज एकै पटक बस्न लागेको हो ।

बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल हुनेछ । हिजोबाट सुरु भएको बजेटमाथिको छलफलले आज पनि निरन्तरता पाउने भएको हो ।

सरकारले प्रस्तुत गरेको बजेटमाथि प्रतिनिधिसभा सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् । गत जेठ १५ गते संसद्मा प्रस्तुत भएको राजस्व र व्ययको वार्षिक अनुमानमाथि हिजोबाट सदनमा छलफल प्रारम्भ भएको हो ।

सो अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयलाई लिएर गत आइतबार संसद् अवरुद्ध भएको थियो भने बङ्गलादेश जाने मार्गका लागि कालापानी साटफेर गर्ने विषयमा प्रधानमन्त्री दाहालसँग प्रमुख प्रतिपक्ष दललगायतले जवाफ माग गरेपछि बजेट माथिको छलफल सहज तरिकालेअघि बढ्न सकेको थिएन । तर, सोमबार प्रधानमन्त्री प्रचण्डले जवाफ दिइसकेकाले बजेट माथिको छलफलले निरन्तरता दिन लागिएको हो ।

तपाईको प्रतिक्रिया