काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको उपलब्धी १५ वटा राँगा भएको व्यंग्य गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो कटाक्ष गरेका हुन् ।
पञ्चेश्वर, पेट्रोलियम पाइप लाइन, इन्टिग्राटी चेकपोष्ट आफ्नै पालामा अघि बढेको दाबी गर्दै उनले पुरानै कुरा उद्घाटन गरेको बताए । उनले भ्रमणमा भएका छलफलमा प्रोटोकलका आधारमा परराष्ट्रमन्त्री वा कूटनीतिक व्यक्ति हुनु पर्नेमा छोरी उपस्थित गराएको आपत्ति जनाए । भारत भ्रमणमा प्रधानमन्त्रीले कमजोर प्रस्तुति गरेकोले मुलुकको शिर झुकेको उनको आरोप छ ।