Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – लगातार २ कारोबार दिनदेखि बढेको सेयर बजार आज घटेको छ । नेपाल स्टक एक्सचेन्जले दिएको जानकारी अनुसार आज सेयर बजार मापक नेप्से परिसुचक १७.३८ अंकले घढेको छ ।अघिल्लो साताको अन्तिम कारोबार दिन विहीबार र यो साताको पहिलो कारोबार दिन आइतबार बजार बढेको थियो ।आज करिब २ अर्बको कारोबार भएको छ । नेप्सेका अनुसार आज १ अर्ब ९७ करोड ३४ लाख रुपैयाँमा ५६ लाख २० हजार कित्ता सेयर खरिद विक्री भए । आज ४६ कम्पनीको सेयर मूल्य बढ्यो भने १६६ कम्पनीको सेयर मूल्य घटेका छन् ।

बजार घटेपनि रिभर फल्स हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यस्तै, शिवम सिमेन्ट, जोशी जलविद्युत कम्पनी, मेरो माइक्रो फाइनान्स लगायतका कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा बढीले घटेका छन् । नेप्सेका सबै समुहका सुचक घटेका छन् ।

 

तपाईको प्रतिक्रिया