Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन २९, २०८१
Tuesday, October 15, 2024

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले भेटवार्ता गरेका छन् । उनीहरुबीभ आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो । भेटमा विप्लवसँगै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सामेल थिए ।

प्रचण्ड माओवादीका सबै धारलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् । माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको बताइएको छ । यसअघि विप्लवले प्रचण्डलाई सम्बोधन गर्दै राम्रो काम गरे आफूहरु साथ दिन तयार रहेको बताएका थिए । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको भोलिपल्टै विप्लवले प्रचण्डसँग भेटेका हुन् ।

 

तपाईको प्रतिक्रिया