Deneme Bonusu Veren Siteler
शनिबार, फाल्गुण ०३, २०८१
Saturday, February 15, 2025

काठमाडौं – प्रतिपक्षी दल नेकपा एमाले, रास्वपा र राप्रपाको अवरोधपछि संसद बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आइतबार बिहान बसेको बैठक नियमित कार्यसूचिमा प्रवेश गर्न नपाउँदै आकस्मिक समयमा उठेर ३ दलका सांसदहरुले अवरोध गरेका थिए ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

सभामुखले दिएको बोल्ने समयमा धारणा राख्दै उनीहरुले निष्कृय भएको नागरिकता विधेयक किर्ते गरी अवैध रुपमा प्रमाणीकरण गरिएकोले त्यसबारे प्रधानमन्त्रीले संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने माग गरेका थिए । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत सरकारसँग सीमा विवाद र भारतीय संसदमा राखिएको नेपालको भूभाग समेटिएको नक्साबारे आवाज नउठाएको भन्दै त्यसबारे समेत जवाफ माग गरेका थिए ।

त्यसपछि १ घण्टाका लागि सभामुख देवराज घिमिरेले संसद बैठक स्थगित गरेका थिए । त्यसपछि पनि प्रतिपक्षीले अवरोध गर्ने अडान नछाडेपछि संसद सचिवाललयले सूचना टाँसेर बैठक भोलिसम्मका लागि स्थगित भएको जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया