शनिबार, आषाढ ०८, २०८१
Saturday, June 22, 2024

काठमाडौं – भारतीय अभिनेत्री भाग्यश्री नेपाल आएकी छन् । काठमाडौंमा आयोजना हुने एक समारोहमा सहभागी हुन भाग्यश्री नेपाल आएकी हुन् ।

शनिबार दिउँसो त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नेपाल आउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । ‘म नेपाल पहिले पनि आएकी थिएँ, मैले कुनै चाडपर्वको समयमा सपरिवार यहाँ आउने सोच बनाएकी छु’, उनले भनिन्, ‘मेरा चलचित्र आइरहेका छन्, हेर्नुस् र माया गरिदिनुस् ।’

उक्त समारोहमा सहभागी हुन भारतीय कलाकार रञ्जीन, बिन्दु दाह्रा सिंह, कमेडियन ध्वनी पवारलगायत नेपाल आइसकेका छन् । भारतको प्रतिष्ठित अवार्ड ‘क्याप्टिभेटिङ क्रियसन अवार्ड’मा सहभागी हुन उनीहरु नेपाल आएका हुन् । यो अवार्डको छैटौँ संस्करण हो । यसअघि भारतमा आयोजना भएको अवार्ड समारोह यसपटक भने नेपालमा आयोजना हुँदैछ ।

तपाईको प्रतिक्रिया