Deneme Bonusu Veren Siteler
बुधबार, फाल्गुण ०७, २०८१
Wednesday, February 19, 2025

टोकियो – जापानमा जन्मदर घटेर पछिल्लो सात वर्ष यताकै न्यून पुगेको छ । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२२ मा जन्मदर सात वर्ष यताकै न्यून पुगेको हो ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रजनन दर र महिलाले जीवनकालमा बच्चा जन्माउने औसत सङ्ख्या १ दशमलव ६५ प्रतिशत रहेको सरकारी तथ्याङ्क देखाएको छ । गतवर्ष सन् १८९९ मा रेकर्ड सुरु भएदेखि पहिलो पटक ८ लाखभन्दा तल झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०,८७५ कम हो । सन् २०२० मा २४,४०४ ले र २०२१ मा २९,२१३ ले घट्दै गत वर्षहरूमा जन्म सङ्ख्यामा झन् तीव्र गिरावट आएको छ ।

सन् २०१५ मा जापानमा प्रजनन दर १.४५ मा सुधार भएको थियो तर २०१६ देखि यो घट्दो प्रवृत्तिमा रहेको छ । जापानमा सन् २०२२ मा मृत्यु हुनेको सङ्ख्या बढेर रेकर्ड कायम गरेको छ । जापानमा जनसङ्ख्या स्वाभाविक रूपमा लगातार १६ औँ वर्षमा घटेको छ ।

विश्लेषकहरूले सन् २०३० को दशकसम्म जापानमा युवा जनसङ्ख्या तीव्र रूपमा घट्ने अनुमान गरेका छन् । प्रधानमन्त्री फुटियो किशिदाले देशको घट्दो जन्मदरलाई कम गर्न आफू गम्भीर रहेको भन्दै घट्दो जन्मदरलाई रोकेर सन् २०३० सम्म जन्मदर वृद्धि गर्ने लक्ष्य रहेको दाबी गरे ।

तपाईको प्रतिक्रिया