बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतम बिबाह बन्धनमा बाँधिएकी छिन् । उनले चितवनका व्यवसायी गृहेन्द्र घिमिरेसँग लगनठाँठो कसेकी हुन् ।

हाल जापानमा रहेकी सांसद गौतम गत जेठ ७ मा बिबाह बन्धनमा बाँधिएकी हुन् । जापान जानुअघि गौतमले पार्टीमा जानकारी गराएकी थिइन् । उनले आफ्नो व्यक्तिगत कामको सिलसिलामा जापान लान लागेको मेसेन्जरमार्फत पार्टीमा जानकारी गराएकी थिइन् ।

काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गौतम र घिमिरेले सामान्य तरिकाबाट दुवै परिवारको जमघटमा बिबाह गरेका हुन् । बिबाहबन्धनमा बाँधिएउका उनी हिमालयन बिल्डर्सका डाइरेक्टर हुन् ।

तपाईको प्रतिक्रिया