शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

टोकियो – राष्ट्रलाई थपिने आर्थिक बोझलाई मध्यनजर राख्दै जापानले प्राकृतिकीकरण (जापानी नागरिक बन्ने प्रक्रिया) को अनुमतिमा विशेष मापदण्ड निर्धारण गरेको छ । यसलाई मार्च २०२२ देखि धेरै महत्वपूर्ण सर्तको रुपमा अगाडि सारिएको छ । एकल परिवारको काम गर्ने भिसा भएकाहरूका लागि वार्षिक आय कम्तिमा पनि ३ सय मान येन हुनुपर्छ । यो कमाईमा परिवारको कमाई पनि जोड्न सकिन्छ तर एइज्यु भिसा आबेदनमा भने काम गर्ने भिसा भएका व्यक्तिको मात्र कमाई हेरिन्छ । २०२२ मार्च भन्दा अगाडि जापानी नागरिक बन्ने प्रक्रियाका लागि खासै बार्षिक आयमा कडाई गरेको थिएन, त्यो समयमा पर्याप्त मात्रामा जीबन यापनका लागि कमाई हुनुपर्छ मात्र भनिएको थियो ।

जापानी नागरिक बन्ने प्रक्रिया गर्दा अति धेरै कागजातहरू आवश्यक पर्दछ । कागजातहरू संकलन मात्र नभई कतिपय आफै बनाउनुपर्ने पनि हुन्छ । पेश गर्नुपर्ने कागजातहरू आवेदकको राष्ट्रियता र परिस्थितिका आधारमा भिन्न भिन्न हुन सक्छन् । जापानी नागरिकता प्राप्तीको आवेदन गर्नका लागि आधारभुत मापदण्डका बारेमा हामीले यस अगाडिको अंकमा प्रकाशित गरिसकेका छौं । यसका साथै आवश्यक कागजातहरूका बारेमा पनि जानकारी गराउने जमर्को गरेका छौं ।
कानूनी मामिला ब्यूरो (होमक्योउकु) द्वारा तोकिएको ढाँचामा कागजात तयार गर्नुपर्ने भएकोले आफु बस्ने नजिकको कानूनी मामिला ब्यूरोमा यी कागजातहरू प्राप्त गर्न सकिन्छ । कागजातहरु सबै जापानी भाषामा हुनुपर्छ र काताकाना प्रयोग गरी लेख्नुपर्ने हुन्छ । साथै, मिति र वर्षको प्रयोग गर्दा जापानी क्यालेन्डर -जस्तै Heisei, Reiwa अनुसार प्रयोग गर्नुपर्दछ ।

तयार गर्नुपर्ने कागजातहरू :
१. प्राकृतिककरण अनुमति आवेदन फारम
२. प्राकृतिककरणको लिखित प्रेरणा पत्र (आवेदक आफैले जापानीमा भरेको हुनुपर्ने )
३. रिरेकिस्यो
४. पारिवारिक संक्षिप्त विवरण
५. जीविकोपार्जनको सारांश
६. व्यवसायको रूपरेखा (व्यवसायीको हकमा)
७. घर र कामगर्ने ठाउँको बिधिपूर्वकको रेखाचित्र

आफ्नो देशबाट ल्याउनुपर्ने कागजातहरूः
१. राष्ट्रिय प्रमाणपत्र (नागरिकताको प्रमाणपत्र)
२. जन्मदर्ता प्रमाण पत्र
३. विवाह प्रमाणपत्र (आवेदक र अभिभावक)
४. आफन्तको नाता प्रमाणपत्र (दाजुभाई दिदीबहिनीको जन्मदर्ताको प्रमाणपत्र आदि)
५. मृत्युदर्ता प्रमाणपत्र (परिवारका सदस्यहरूका लागि लागू भएमा)
६. अन्तिम शैक्षिक पृष्ठभूमिको स्नातक गरेको प्रमाणपत्र
(यदि जापानी विद्यालयबाट स्नातक गरेको अन्तिम हो भने सोको प्रमाणपत्र) धेरैजसो अवस्थामा जापानको दूतावासबाट यो कागजपत्र प्राप्त गर्न सम्भव हुँदैन । त्यसैले आफ्नो देशमा रहेका परिवारको सदस्यलाई अनुरोध गरी प्राप्त गर्न लगाई हुलाकको अन्तर्राष्ट्रिय सेवा मार्फत जापान पठाउने र अवस्था हेरी आफ्नो देशबाट पठाएको यो कागज पत्रको ठेगाना लेखिएको खाम होमुक्योउकुले माग गर्न सक्ने हुंदा प्रक्रिया नसकिदा सम्म सुरक्षित राख्नुपर्ने हुन्छ ।

जापानको सिटी कार्यालय वा कर कार्यालयबाट संकलन गर्नुपर्ने कागजातः
१. आवासीय प्रमाणपत्र (ज्युमिनहृयो)
२. खाजेइ, नोजेइ प्रमाण-पत्र
३. ड्राइभिङ रेर्कर्ड प्रमाणपत्र (यदि चालक अनुमतिपत्र भएमा)
४. परिवार दर्ता (कोसेकी तोहोन) वा परिवार दर्ताबाट हटाउने (जोसेकी तोहोन )
(यदि पति वा पत्नी (पूर्वा पति वा पत्नी सहित) वा जापानी नागरिकता भएको परिवारको सदस्य छन् भने वा आमाबाबु वा दाजुभाइ दिदीबहिनी जापानमा जन्मेका, मृत्यु भएका, विवाह वा सम्बन्धविच्छेद भएमा )
५. परिवार दर्तामा दर्ता भएका तथ्यहरूको प्रमाणपत्र -विवाह दर्ता, सम्बन्धविच्छेद दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, आदि)

एकल मालिकहरूका लागिः
१. अन्तिम कर रिटर्नको प्रतिलिपि (Kakuteishinkō-Sho no Hikae)
२. आयकर भुक्तानी प्रमाणपत्र -Shotokuzei no Nōzei Shōmeisho)
३ . व्यापार कर भुक्तानी प्रमाणपत्र -jigyō zei no Nōzei Shōmei-Sho_
४. उपभोक्ता कर भुक्तानी प्रमाणपत्र -Shōhizei no Nōzei Shōmei-Sho_

कम्पनी सञ्चालकहरूका लागिः
१. कर्पोरेट प्रिफेक्चरल करका लागि कर भुक्तानी प्रमाणपत्र (Hōujin Todōfukenminzei no Nōzei Shōmei-Sho)
२. कर्पोरेट नगरपालिका कर भुक्तानी प्रमाणपत्र (Hōujin Shiku chōso-min zei no Nōzei Shōmei-Sho)
३. कर्पोरेट व्यवसाय कर भुक्तानी प्रमाणपत्र -Hōujin jigyō zei no Nōzei Shōmei-Sho)
४. कर्पोरेट कर भुक्तानी प्रमाणपत्र -Hōujin zei no Nōzei Shōmei-sho_
५. उपभोक्ता कर भुक्तानी प्रमाणपत्र -Shōhizei no Nōzei Shōmei-Sho_
६. कर्पोरेट दर्ता प्रमाणपत्र -Hōujin no tōki jiko Shōmei-Sho_

अन्य कागजातः
१. पासपोर्ट
२. आवासीय कार्ड (जाइर्‍युकार्ड)
३. फोटो
४. पछिल्लो शैक्षिक पृष्ठभूमिको स्नातक प्रमाणपत्र, स्कुल अध्ययनरत प्रमाणपत्र
५. व्यापार इजाजतपत्र, योग्यता प्रमाणपत्र, जापानी भाषा प्रवीणता प्रमाणपत्र आदि (यदि छ भने)
६. चालक अनुमतिपत्र (यदि छ भने)
७. स्वास्थ्य बीमा कार्ड
८. पेन्सन तिर्दै हुनुहुन्छ भन्ने प्रमाण देखाउने पेन्सन बुक लगायत
९. घर भाडा सम्झौता वा फुदोउसान तोकी दर्ता प्रमाणपत्र
१०. बैंक ब्यालेन्स प्रमाण पत्र

कम्पनी कर्मचारीका लागि :
१. कार्यरत अवस्था र मासिक तलब स्केल खुलेको प्रमाणपत्र
२. तलब विवरण क्युरियो मेइसाइश्यो)
३. गेन्सेन पेपर

व्यक्तिगत ब्यबसायीका लागिः
१. अन्तिम कर रिटर्नको प्रतिलिपि -Kakuteishinkōku-Sho no Hikae_
२. राष्ट्रिय स्वास्थ्य बीमा प्रिमियमको भुक्तानी प्रमाणपत्र वा रसिदको प्रतिलिपि
३. आयकर भुक्तानी प्रमाणित प्रतिलिपी

कम्पनी सञ्चालकहरूका लागि : 
१. अन्तिम कर रिर्टनको प्रतिलिपि (कम्पनी, व्यक्तिगत)
२. वित्तीय विवरण (खेस्सान होउकोकुस्यो) आदि
३. गेन्सेन र आयकर भुक्तानी प्रमाणित प्रतिलिपी
राष्ट्रियता, आवेदकको स्टाटस वा पारिवारिक अवस्थाको आधारमा अन्य कागजातहरूको पनि आवश्यकता पर्न सक्छ । नजिकको कानूनी मामिला ब्यूरो (होमुक्योउकु) मा गएर परामर्श गर्नुभएमा आफ्नो अवस्था अनुरुप आवश्यक प्रक्रिया र कागज पत्रको बारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा सम्पर्क गर्न सक्नुहुने छ ।
Email: bstiwari2002@yahoo.com

(लेखक तिवारी जापानको कर प्रणाली, भिसा तथा इमिग्रेशनसंग सम्बन्धित बिषयका जानकार राख्नुहुन्छ)

तपाईको प्रतिक्रिया