बुधबार, मंसिर २०, २०८०
Wednesday, December 6, 2023

टोकियो – लामो समयदेखि जापानलाई कर्मभूमि बनाउँदै आईरहेकी र विभिन्न संघसंस्थामा आबद्ध रहेकी सामाजिक अभियान्ता यमा शेरचन गुरुङले उदयपुर जिल्लाको त्रियुया नगरपालिका वडा नं. १३ मा स्थापना भएको साझा सेवा घर सञ्चालनका लागि जापानबासी नेपालीहरु समक्ष आर्थिक सहयोगको अपिल गरेकी छिन् ।

सामाजिक र आर्थिक रुपमा विपन्न बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गहरुको उद्वार, संरक्षण र पालनपोषण गर्ने उद्देश्यले उक्त साझा सेवा घरको स्थापना गरिएको बताईएको छ । उक्त साझा सेवा घरबाट अनुरोध भई आएअनुसार शेरचनले मानवीय सेवामा रुची देखाउँदै सक्दो आर्थिक सहयोग जुटाई पठाउन पहलकदमी लिएको समुद्रपारिलाई बताईन् । साझा सेवा घर सञ्चालनका लागि सुरुवाती चरणमा आवश्यक पर्ने आधारभुत सामानहरुको जोहो गर्न आर्थिक सहयोगको याचना भईआएकोले जापानबासी नेपालीहरुबाट पनि सक्दो सहयोगको अपेक्षा गरिएको शेरचनले बताईन् ।

उक्त साझा सेवा घर जिल्ला प्रशासन कार्यालय उदयपुरमा २०७९ फागुन २२ गते, आन्तरिक राजस्व विभाग (स्थायी लेखा नंवर-६१९५०६५६४) मा २०७९ फागुन २९ गते र समाज कल्याण परिषद पुलचोक ललितपुरमा २०७९ फागुन ३० गते बिधिवतरुपमा दर्ता भएको संस्था भएकोले कानूनी दायराभित्र रही आफ्ना गतिबिधि सञ्चालन गर्ने बिश्वासका साथ सहयोगराशी संकलन गरी पठाईने शेरचनले दावी गरिन् ।

उसो त शेरचनले यसअघि पनि थुप्रै दीनदुखी तथा असहायहरुलाई ब्यक्तिगतरुपमा आर्थिक, नैतिक तथा अन्य सहयोग प्रदान गर्दै आईरहेकी छिन् । अभियान्ता शेरचन थकाली सेवा समिति जापान, तमु धीं जापान, नेपाली जनसम्पर्क समिति जापान लगायतका थुप्रै संघसंस्थाहरुमा आवद्ध छिन् ।

आर्थिक सहयोग गर्न ईच्छुक महानुभावहरुले आफुलाई सम्पर्क गर्न समेत शेरचनले अनुरोध गरेकी छिन् ।***

 

तपाईको प्रतिक्रिया