Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाल भारतबीच ७ वटा सम्झौता भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार ७ वटा सम्झौतामा हस्ताक्षर भएको हो ।

पारवहन सम्झौता पुनरावलोकन गर्ने सम्झौता भएको छ । त्यसमा नेपालका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्य तथा आपूर्तिमन्त्री पीयुस गोयलबीच सम्झौता आदान प्रदान भएको हो ।

दुई देशबीच क्रस बोर्डर पाइपलाइन अन्तर्गत अमलेखगञ्ज-चितवन र सिलगुडी-झापा पेट्रोलियम पाइपलाइन निर्माणको सम्झौता भएको छ । यो सम्झौतामा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रिजाल र भारतका पेट्रोलियम मन्त्री हरदीपसिंह पुरीले हस्ताक्षर गरेका हुन् । अर्को सम्झौता सुस्मा स्वराज इस्टिच्यूट फरेन सर्भिस रहेको छ । त्यसमा दुई देशका राजदूतबीच हस्ताक्षर भएको छ ।

दोधारा चाँदनी एकीकृत जाँच चौकीका बारेमा समेत सम्झौता भएको छ । त्यसमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र भारतका तर्फबाट भारतीय राजदूत नवीन श्रीवास्तावले हस्ताक्षर गरेका हुन् । यी दुई देशबीच तल्लो अरुण जलविद्युत आयोजना निर्माण सम्झौता भएको छ । फुकोट कर्णाली जलविद्युत विकास सम्झौता भएको छ भने क्रस बोर्डर डिजिटल पेमेन्ट सम्बन्धमासमेत सम्झौता भएको छ ।

तर बहूप्रतिक्षित रहेको हवाई रुट विस्तार र पञ्चेश्वर बहूद्देश्यीय परियोजनामा महाकालीको पानी बाँडफाँटको ठोस सहमति हुन सकेन । नेपालले महेन्द्रनगरबाट हवाई रुट मागेको थियो भने पञ्चेश्वर परियोजनाको पनि टुङ्गो लगाउनुपर्ने माग पनि थियो । प्रधानमन्त्री प्रचण्डले पत्रकार सम्मेलनमा आफ्नो मन्तव्य राख्ने क्रममा यी विषयमा भारत सकारात्मक रहेको बताए । तर ठोस सहमति भएको चाहिँ सार्वजनिक भएन ।

तपाईको प्रतिक्रिया