Deneme Bonusu Veren Siteler
शुक्रबार, भाद्र २८, २०८१
Friday, September 13, 2024

काठमाडौँ – बिहीबार नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। गत कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक हजार पाँच सय रुपैयाँ बढेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ बढेर फेरि नयाँ रेकर्ड राखेको हो। आज सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा पाँच सय रुपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो। सरकारले भन्सार दर बढाएका कारण सुनको मूल्य बढेको सुन–चाँदी व्यवसायीहरूले बताएका छन्। उनीहरूका अनुसार जेठ १५ गतेसम्म प्रति केजी सुनमा ८ लाख ५० हजार रूपैयाँ भन्सार तिर्दै आएकोमा हाल भन्सार दर बढेर प्रति किलो सुनको १२ लाख ७५ हजार रूपैयाँ तिरेका छन्। सोही कारण मंगलबारदेखि बिहीबारसम्म सुन प्रतितोला चार हजार चार सय रूपैयाँ बढिसकेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

 

तपाईको प्रतिक्रिया