Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – टेस्लाका मालिक एलन मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्गको रिपोर्ट अनुसार मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर छ। यसअघि विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा रहेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको सम्पत्ति मस्कको भन्दा कम छ । अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर रहेको छ।

ब्लूमबर्गका अनुसार चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्नाल्टको स्टकमा गिरावट आएपछि सम्पत्ति घटेको हो। अर्नाल्टले डिसेम्बरमा मस्कलाई उछिनेका थिए । विलासिताका सामानको बिक्रीमा भएको उछालले उनको सम्पत्ति बढेको थियो । टेस्ला बाहेक मस्क स्पेसएक्स, अन्तरिक्ष अन्वेषण फर्म, र सामाजिक सञ्जाल ट्विटरका मालिक पनि हुन्। यसअघि मस्क विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा थिए ।

 

तपाईको प्रतिक्रिया