बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – नेपाली कांग्रेसका दिवंगत नेता बिपी कोइरालाकी नातिनी एवं फिल्म अभिनेत्री मनिषा कोइरालाले राष्ट्रपति रामचन्द्र पौडेललाई संकेत गर्दै लेन्डुप दोर्जेको याद आएको टिप्पणी गरेकी छन् । राष्ट्रपति पौडेलले बुधबार अघिल्लो संसदले प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको तर थन्किएर रहेको नागरिकता विधेयक प्रमाणीकरण गरेपछि उनले यस्तो टिप्पणी गरेकी हुन् ।

बुधबार एक ट्वीटरमा यस्तो टिप्पणी गर्दै उनले सिक्किमी राजा लेन्डुप दोर्जेकै कारण सिक्कम भारतमा विलय भएको स्मरण गराएकी हुन् । यसैका लागि रामचन्द्र पौडेललाई राष्ट्रपति बनाइएको समेत उनको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया