बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – चारदिने भारत भ्रमणका लागि बुधबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विमानस्थलमा भारत सरकारको विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।

लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थलमा पुगेका थिए । प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दल अहिले दिल्लीस्थित होटलमा पुगिसकेको छ । प्रचण्ड चारदिने भारत भ्रमणका लागि बुधबार दिउँसो १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ दिल्ली प्रस्थान गरेका थिए ।

प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरेका थिए ।

तपाईको प्रतिक्रिया