शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – जापान सरकारले मङ्गलबार पाँच वर्षे कार्ययोजना लागू गरेको छ । गर्मीका कारण विगत पाँच वर्षमा वार्षिक औसत १,२९५ को निधन हुने गरेकामा सन् २०३० सम्ममा त्यसता मृत्युको सङ्ख्या आधा घटाउने लक्ष्य राखिएको छ ।

मन्त्रिपरिषदबाट स्वीकृत कार्ययोजनामा गर्मी स्ट्रोकसँग लड्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्ने गरी कानुन परिमार्जन गरिएको छ । योजना अन्तर्गत सरकारले वृद्धवृद्धाहरूलाई आवश्यक पर्दा एयर कन्डिसनर प्रयोग गर्न र अप्रिल र सेप्टेम्बरको बीचमा पर्याप्त पानी र नुनसेचन गर्न पनि आह्वान गर्ने योजनामा समावेश छ । त्यसैगरी अत्यधिक गर्मीयाममा वृद्ध र अपाङ्गता भएका व्यक्तिहरू लक्षित विशेष योजना ल्याइने छ ।

विगत पाँच वर्षमा गर्मीका कारण हुने मृत्युमध्ये ८० प्रतिशतभन्दा बढी ६५ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिहरू हुने गरेको पाइएको छ । घरभित्रै मृत्यु भएकामध्ये करिब ९० प्रतिशतले एयर कन्डिसनर प्रयोग नगरेको वा घरमा वातानुकूलनको व्यवस्था नभएको पाइएको छ ।

सरकारले विद्यालयका कक्षाकोठा र जिममा एयर कन्डिसनर जडान गर्न र बालबालिकालाई स्कुल बसमा आवश्यक मापदण्ड नपुगी यसै छोड्न नदिन विभिन्न उपायहरू प्रवर्द्धन गर्न पनि सहयोग गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया