शुक्रबार, मंसिर १५, २०८०
Friday, December 1, 2023

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट उनी बुधबार दिउँसो भारत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको टोलीमा अन्य ५ जना मन्त्रीहरु रहेका छन् । उनका साथमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, अर्थ मन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र प्रचण्डकी छोरी गंगा दाहाल सहभागी छन् ।

भारत रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेट हुने छ । भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली २० जेठमा स्वदेश फर्किने तालिका छ ।

तपाईको प्रतिक्रिया