शनिबार, मंसिर १६, २०८०
Saturday, December 2, 2023

काठमाडौं – महोत्तरीमा हतियारधारी समूहले दिनदहाडै बैंक लुटेका छन् । मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ४ जनाको लुटेरा समूहले कर्मचारीलाई पेस्तोल देखाएर करिब ३५ लाख लुटेका हुन् । उनकाअनुसार लुटिएको रकममा २/३ लाख तलमाथि हुनसक्छ ।

बैंक लुटेपछि उनीहरू मोटरसाइकलमा भागेका थिए । विभिन्न ठाउँमा सर्च अभियान जारी राखेको एसपी मल्लको भनाई छ ।

तपाईको प्रतिक्रिया