Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – सुनको भाउ आज एकैदिन तोलामा २४ सय रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख १० हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले भन्सार दर बढ्दा सुनको भाउमा वृद्धि भएको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा भाउ घटेपनि नेपालमा भन्सार दर बढ्दा सुनको मूल्य बढेको बताए ।

यसअघि सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँ रहेको थियो । यस्तै, तेजावी सुनको भाउ १ लाख ७ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । मंगलबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ६० रुपैयाँ कायम रहेको थियो ।

तपाईको प्रतिक्रिया