शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

टोकियो – यहाँस्थित नेपाली दूतावासमा फोन र इमेलमार्फत सम्पर्क गरेर सूचना माग्दा नपाएको गुनासो धेरै नेपालीको छ । दूतावासको फोन सेवाबाट सेवा पाउनु भनेको असम्भवजस्तै रहेको गुनासो सेवाग्राहीहरुले गर्दै आएका थिए ।

फोन र इमेलबाट सूचना नपाएपछि सामान्य कार्यका लागि लामो दूरीमा रहेको दूतावासमा पुग्नुपर्ने बाध्यता कतिपयको थियो । अब भने टोकियोस्थित नेपाली दूतावासले फोन उठाउने प्रतिवद्धता जनाएको छ । दूतावासले ०३-३७१३-६२४१ को फोन प्रयोगमा ल्याएको जानकारी दिएको हो ।

अब राजदूतावासबाट प्रदान गरिने राहदानी, कन्सुलर र कानुनी परामर्श लगायतका सेवाहरूका लागि सम्पर्क गर्न सहज, सरल र सुलभ हुने अपेक्षा गरिएको छ । ‘ जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस राजदूतावासबाट प्रदान गरिने राहदानी, कन्सुलर र कानुनी परामर्श लगायतका सेवाहरूका लागि सम्पर्क गर्न सहज, सरल र सुलभ होस्‌ भन्ने उद्देश्यले राजदूतावासले ०३-३७१३-६२४१ को फोन प्रयोगमा ल्याएको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कार्यालय खुलेको दिन बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म (अपरान्ह १ः०० देखि २ः०० बजेसम्म खाजा समय बाहेक) उपर्युक्त नम्बरमा फोन गर्न सकिनेछ ।

तपाईको प्रतिक्रिया