Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद्‌ भवनमा राखिएको भित्तेचित्रमा अंकित भौगोलिक पहिचानप्रति चासो ब्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद्‌ भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमीझैँ दर्शाउने गरी अंकित गरेपछि भट्टराईले चासो ब्यक्त गरेका हुन् ।

उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमिझैँ उल्लेख गर्ने बिषयले दुई देशका बीचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउनेसक्ने जनाएका छन् ।

‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद्‌ भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ ।’

तपाईको प्रतिक्रिया