काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफ्नो नयाँ संसद् भवनमा राखिएको भित्तेचित्रमा अंकित भौगोलिक पहिचानप्रति चासो ब्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उदघाटन गरेको संसद् भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमीझैँ दर्शाउने गरी अंकित गरेपछि भट्टराईले चासो ब्यक्त गरेका हुन् ।
उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमिझैँ उल्लेख गर्ने बिषयले दुई देशका बीचमा आपसी कूटनीतिक सम्बन्धमा दरार आउनेसक्ने जनाएका छन् ।
‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद् भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्तेचित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरूबीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भनेका छन्, ‘भारतीय राजनीतिक नेतृत्वले यस भित्तेचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुनेछ ।’
The controversial mural of ‘Akhand Bharat’ in the recently inaugurated new Parliament building of India may stoke unnecessary and harmful diplomatic row in the neighborhood including Nepal. It has the potential of further aggravating the trust deficit already vitiating the… pic.twitter.com/dlorSZ05jn
— Baburam Bhattarai (@brb1954) May 30, 2023