Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले टीकापुर हत्याकाण्डका प्रमुख दोषी रेशम चौधरीलाई आममाफी दिएर सरकारले राजाको जस्तो हुकुमी शासन चलाएको बताएका छन् । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सोमबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

कुनै पनि विषयमा अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा कानुनले बन्दोबस्त गरेको कुरालाई सरकारले लत्याउने काम गरेको पनि उनले बताए । ‘राज्यले निर्धारण गरेको कानुनी बन्दोबस्तबाट कोही पनि बाहिर जान पाउँदैन’, उनले भने, ‘यो राजाको शासन होइन, यहाँ हुकुमले चल्दैन, यो गणतन्त्रको शासन हो। यहाँ कानुनको शासन मात्रै हुन्छ र चल्छ ।’

उनले विधि र कानुनको शासनको वकालत गर्दै गर्दा यस्तो सरकार गए केही हुँदैन अर्को आउँछ भन्नुपर्नेमा उल्टो भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया