Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौँ – गणतन्त्र दिवसको अवसरमा पोखराको रत्नमन्दिर आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यसअघि, पूर्वराजाहरूले प्रयोग गरेको फेवाताल किनारमा रहेको रत्नमन्दिर गणतन्त्र दिवसको दिन एक कार्यक्रमका साथ खुला गरेका हुन् ।

वि.सं २०१३ सालमा निर्मित रत्न मन्दिर पूर्वराजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । पछि राजा वीरेन्द्रको नाममा आएको थियो ।

गणतन्त्र स्थापनापछि राजा वीरेन्द्र र राजपरिवारको नाममा भएका सम्पूर्ण सम्पत्ति नेपाल ट्रष्टको नाममा ल्याउने सरकारी निर्णयपछि १११ रोपनी क्षेत्रफलमा फैलिएको यो मन्दिर हाल ट्रष्टको स्वामित्वमा छ । आज पहिलो दिन निःशुल्क अवलोकनको व्यवस्था मिलाइएको छ । यद्यपि, मुख्य राजदरबारमा फोटो खिच्न भने बन्देज लगाइएको छ ।

तपाईको प्रतिक्रिया