काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्रको आवरणमा ब्रम्हलुट भइरहेको आरोप लगाएका छन् ।
आज गणतन्त्र दिवसका दिन सामाजिक सञ्जालमा आफ्नो धारणा लेख्दै थापाले विवादास्पद ढंगबाट राजसंस्था पाखा लगाएको टिप्पणी गरेका छन् । उनले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा सुधार हुन नसकेको भन्दै देश संकटको भुमरीमा परेको समेत दाबी गरेका छन् ।
थापाले शासकीय स्वरुप, राज्यसंरचना र संविधानमा परिमार्जन र पुनर्विचार गर्ने बारे सोच्न पनि सबैमा आग्रह गरेका छन् ।