बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – काभा वुमन्स च्यालेञ्ज कपमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको छ । डिफेन्डिङ च्याक्पियन नेपाल यस पटक भने कास्यमा सिमित बनेको हो ।

नेपालले उज्वेकिस्तानसँग २५-२०, १६-२५, १५-२५ र १३-२५ को सेटमा पराजित गरेको हो । समूह ‘ए’ को सेमिफाइनलमा काजकस्तानसँग पराजित भएको उज्वेकिस्तान र समूह ‘ए’ बाट भारतसँग पराजित भएको नेपालबीच तेस्रो स्थानका लागि भएको खेलमा नेपालले जित हात पारेको हो ।

पहिलो सेटमा २५-२० को हारमा नेपाली टिमको एकदमै सिल्ली मिस्टेकका कारण पछि पर्‍यो । नेपालले पहिल नेपालले दोस्रो, तेस्रो र चौथो सेटमा उज्वेकिस्तानलाई पराजित गर्दै प्रतियोगितामा तेस्रो स्थान बनाएको हो ।

आज नै उपाधिका लागि भारत र काजकस्तानबीच खेल हुनेछ । यो खेल अपरान्ह ४ बजेपछि हुनेछ । दुवै टोली पहिलोपटक च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ ।

तपाईको प्रतिक्रिया