Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सांसदको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने शीर्ष नेताको सहमतिप्रति असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत संसद्मा सांसदले व्यक्त गरेको अभिव्यक्ति हटाइएकोप्रति आपत्ति जनाएका हुन् ।

सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने कुरा विडम्बनापूर्ण भएको उनले बताएका छन् । ‘कस्तो विडम्बना १ संसद्मा कुनै माननीय सदस्यले कुनै शंकास्पद अनिमियततासम्बन्धी विषय उठाउने, दलका शीर्ष नेता बसेर त्यो अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुरूप कार्य गर्ने,’ नेता कोइरालाले लेखेका छन् ।

शीर्ष नेताले त्यस्तो अभिव्यक्ति हटाउन सहमति गर्ने र संसद् सचिवालयले सोहीअनुसार कार्य गर्दैमा विगतका अनियमितता धेरै दिन ढाक्न नसकिने उनको भनाइ छ । ‘सांसदका हरेक अभिव्यक्ति तार्किक निष्कर्षमा पुग्नुपर्नेमा त्यसो गर्न नदिँदैमा विगतका अनियमितता कति दिन ढाक्न सकिएला र ?,’ उनले प्रश्न गर्दै भनेका छन् ।

उनले संसद्को रेकर्डबाट केही विषय हटाइए पनि त्यो आमजनताको नजरबाट ओझेल नहुने बताए । ‘संसद्को रेकर्डबाट त नेताका सहमतिमा केही कुरा हट्ला,’ उनले थपेका छन्, ‘तर, यो देशमा आमजनता, नागरिक समाज तथा सञ्चार जगत पनि छन् भन्ने कुरा बुझौँ ।’

तपाईको प्रतिक्रिया