शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सन् २०२३ को मिस नेपालको उपाधि काठमाडौंकी श्रीच्छा प्रधानले हात पारेकी छिन् । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन हलमा आयोजित ग्राण्ड फिनालेमा उनले उपाधि हात पारेकी हुन् ।

२३ वर्षीया प्रधानले २३ जना प्रतिस्पर्धी लाई पछाडि पार्दै मिस वर्ल्ड मा नेपालको प्रतिनिधित्व गर्ने मौका पाएकी छिन् । गोदावरी कन्मावेन्सन सेन्टरमा आयोजित ग्रान्ड फिनालेमा दाङकी रैना मजगैयाँले मिस नेपाल अर्थ २०२३ को उपाधि जितिन् भने ललितपुरकी प्रसिद्धि शाहले मिस नेपाल इन्टनेसनलको उपाधि जितिन् ।

अघिल्लो वर्षकी मिस नेपाल प्रियंकारानी जोशीले उनलाई ताज लगाइदिएकी थिइन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरिएको थियो ।

तपाईको प्रतिक्रिया