Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले भ्रष्टाचारविरुद्ध लागेका कारण आफू मारिनसक्ने बताएका छन् । आफ्नो पत्रकार निकट संगठनको कार्यक्रममा शनिबार उनले जनयुद्ध जस्तै भ्रष्टाचारविरुद्धको लडाइँमा आफू हामफालेको तर्क गरे ।

यो (भ्रष्टाचार) लडाइँ पनि जनयुद्ध जस्तै कतिबेला घेराबन्दीमा परिने हो ? कतिबेला दुश्मनबाट मारिने हो ? भन्ने ठेगान नभएको दाहालले बताए । उनले भने, ‘बेथिति, विकृतिको विरुद्ध, भ्रष्टाचारको विरुद्धको लडाइँमा जनयुद्धको बेलामा जस्तै हाम फालेको अनुभव हुन्छ । जनयुद्धको बेलामा कतिबेला मारिन्छ भन्ने थाहा थिएन ? अहिलेको लडाइँ पनि त्यस्तै त्यस्तै छ । कतिबेला घेरामा परिने हो ? मारिने हो ? दुश्मनको घातप्रतिघातमा परिने हो ? ठेगान छैन ।’

 

तपाईको प्रतिक्रिया