काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलगायत थारु विद्रोहका नेतालाई राष्ट्रपतिबाट सजाय माफी दिन ढिलो गर्न नहुने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जालमा भट्टराईले चौधरीलगायतलाई माफी मिनाहा गर्न कुनै ‘किन्तु परन्तु’ गर्न नहुने बताएका हुन् ।
उनले राष्ट्रपतिबाट नागरिकतासम्बन्धी विधेयक जारी गर्न पनि विलम्ब गर्न नहुने बताएका छन् । ‘रेशम चौधरी लगायतका टीकापुर थारु विद्रोहका नेताहरूलाई संविधानरकानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौँको सङ्ख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौँ’, उनले लेखेका छन् ।
रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधान/कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्पतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु…
— Baburam Bhattarai (@brb1954) May 26, 2023