बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – साविक विजेता नेपाल काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि होडबाट बाहिरिएको छ । यसअघिको दुई पटकको च्याम्पियन नेपाल घरेलु मैदानमा काजकिस्तानसँग सेमिफाइनलमा पराजित हुँदै उपाधि होडबाट बाहिरिएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा उज्वेकिस्तानसँग ३-२ को सेटमा पराजित हुँदै नेपाल बाहिरियो । सर्घषपूर्ण पहिलो सेट २८-३० ले गुमाएको नेपालले दोस्रो सेट २५-१६ ले जित्दै उत्कृष्ट पुनरागमन गरेको थियो । तेस्रो सेट २५-१५ ले सहज जित निकालेको नेपालले चौथो सेट २५-१८ ले गुमायो ।

पाँचौं तथा अन्तिम सेटमा १५-७ ले गुमाउँदै नेपाल उपाधि होडबाट बाहिरियो । च्यालेन्ज कपमा पाँचौं सेटमा पहिलो पटक नतिजा आएको हो । शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई २५-१७, २५-२० र २५-१५ को सोझो सेटमा पाखा लगाउँदै उपाधि नजिक पुगेको थियो । काजकिस्तानले अब उपाधिका लागि आइतबार भारतसँग खेल्नेछ । खेल सवा चार बजे सुरु हुनेछ ।

तपाईको प्रतिक्रिया