Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एमालेलाई बदनाम गराउन खोजेको आरोप लगाउदै संसद चलन नदिने बताएका छन् । शुक्रबार पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीका सांसदले आफूमाथि बिना आधार भ्रष्टाचारको आरोप लगाएको बताउदै त्यसको पुष्टि हुने कुनै आधार नरहेको टिप्पणी गरेका हुन् ।

उनले पुष्टि नहुने आरोप लगाएका कारण संसद अवरुद्ध भएको भन्दै जड्याले जाँड खाएको बेलामा पनि यस्तो कुरा नबोल्ने बताए । उनले भने- ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर एक जना सांसदले बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ । यस्तो बकबास, एउटा जड्याले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दैन । संसद जस्तो गरिमामय ठाउमा यस्तो बकबास बोलियो ।’

माओवादीका सांसद लेखनाथ दाहालले बुधबार ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाएका थिए ।

तपाईको प्रतिक्रिया