Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठक नाराबाजी गरे । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरू अहिले रोष्ट्रम घेरेर नाराबाजी गरेका हुन् ।

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरूले सरकारले जवाफ दिनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका हुन् । जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा लगाइएको जलहरी सुनको नभई पित्तलको भएको आरोप लगाएका थिए ।

एमालेले शुक्रबारको बैठकमा त्यसको जवाफ मागेका हुन् । उनीहरूको नाराबाजीपछि सभामुख घिमिरेले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।

उनीहरूले सरकारले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद् चल्न नदिने जिकिर गरेका छन् ।

के भनेका थिए सांसद लेखनाथ दाहालले ?
‘गएको ३ वर्ष उहाँ सरकारमा जाँदा ७ खर्ब ऋण थियो भने सरकार छोड्दा १७ खर्ब ऋण कसरी पुग्यो । यो सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन भन्दा उहाँ सरकारमा छँदा कति भ्रष्टाचार काण्ड आए । यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीको २ अर्बको भष्टाचार । त्यतिमात्र हैन पशुपतिनाथमा जलहरी लगाउँदा पनि सुन भनेर पित्तल लगाइदिएको सयौँ यस्ता भ्रष्टाचारका काण्ड छन् । आफू सरकारमा हुँदा जे गर्न सकिएन, त्यो अहिलेको सरकारले गर्दैछ ।’

तपाईको प्रतिक्रिया