बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – भारतीय अभिनेता आशीष विद्यार्थीले ६० वर्षको उमेरमा दोस्रो विवाह गरेका छन् । आशीषले असम राज्यकी रुपाली बरुआसँग बिहीबार अदालती विवाह गरेका हुन् । भारतीय सञ्चार माध्यमका आनुसार रुपाली फेसन विजनेशमा आबद्ध रहेकी छन् । आशिषले जिन्दगीको यो विन्दूमा विवाह गर्नुलाई ‘एक्स्ट्रा–अर्डिनरी फिलिङ’को रुपमा ब्याख्या समेत गरेका छन् ।

आशीषको पहिलो विवाह राजोशी बरुआसँग भएको थियो । वर्षौं पहिले सम्बन्धविक्षेद गरेका उनीहरुका एक छोरा छन् । नकारात्मक भूमिकामा सर्वाधिक रुचाइएका राष्ट्रिय अवार्ड विजेता आशीषले फिल्म ‘द्रोहकाल’बाट बलिउडमा डेब्यू गरेका थिए । उनले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया