बिहिबार, जेठ १८, २०८०
Thursday, June 1, 2023

काठमाडौं – बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न देशव्यापी अभियान छेडेका व्यवसायी दुर्गा प्रसाईंले मेडिकल सामाग्रीको रकम नतिरेको फेला परेको छ। प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल सामाग्रीको रकम लामो समयसम्म तिर्न आनाकानी गरेपछि आपूर्तिकर्ताले अदालतमा मुद्दा दायर गरेका छन्।

प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको उधारो भुक्तानी नभएपछि विवाद अदालत पुगेको हो। १६ करोड ६ लाख १५ हजार ७६० रुपैयाँ सावा र कानुन बमोजिमको ब्याजसमेत माग गरेर सात वटा मुद्दा वैशाख २४ गते झापा जिल्ला अदालतमा दायर भएका छन्। दुई मुद्दा उनको पारिवारिक सदस्यसँग सम्बन्धित छन्।

बैंक तथा वित्तीय संस्थाको ब्याज नतिर्ने अभियान सुरु गरेपछि संकटमा परेका प्रसाईंलाई अन्य क्षेत्रबाट समेत मुद्दाको दबाब सुरु भएको हो। कम्तीमा तीनदेखि सात वर्षसम्म उधारो रकम नपाएपछि आपूर्तिकर्तालेअदालतको ढोका ढक्ढक्याएका हुन्। प्रसाईंसँगै बिएण्डसीका अन्य सञ्चालक रामबाबु गिरी, इन्दिरा गिरी, डा. रइस पोखरेल र अनुज जङ्ग रायमाझीलाई मुद्दामा विपक्षी बनाइएको छ।

 

तपाईको प्रतिक्रिया