Deneme Bonusu Veren Siteler
शुक्रबार, मंसिर २१, २०८१
Friday, December 6, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी गर्ने तयारी थालेको छ । चौधरीको सजाय माफीका लागि फाइल राष्ट्रपति कार्यालयमा पुगिसकेको छ ।

उनलाई जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा माफी दिएमा चौधरी जेलमुक्त हुनेछन् ।

कैलालीको टिकापुरमा २०७२ भदौमा ७ सुरक्षाकर्मी र एक नाबालकसहित ८ जनाको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भई जन्मकैदको सजाय पाएका चौधरीको बाँकी सजाय माफीको निवेदन गृह मन्त्रालयबाट राष्ट्रपति कार्यालय पुगेको हो ।

तपाईको प्रतिक्रिया