शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – ‘छक्कापञ्जा ४’पछि दीपकराज गिरीको व्यस्तता निकै चुलिएको छ । एकातिर उनी भदौदेखि छायांकन सुरु हुने फिल्मको तयारीमा व्यस्त छन् भने अर्कोतिर उनी आफ्नै लगानीको मल्टिप्लेक्स फिल्म हललाई सञ्चालनमा ल्याउने हतारोमा छन् ।

यो चटारोबीच दीपकको व्यस्तता सम्पदा संरक्षणतर्फ पनि छ । उनी आफू जन्मिएको गाउँ काठमाडौंको चन्द्रागिरी नगरपालिका-१ को दहचोकस्थित झिंगटी घर टोलमा मौलिक कलाशैली झल्किने ३० वटा घर निर्माणको योजनामा छन् ।

उनी यी घरलाई ‘भक्तपुर’ र ‘बन्दीपुर’जस्तो नमुना थलो बनाउन चाहन्छन् । एकातिर सम्पदा संरक्षण र पर्यटन, अर्कोतिर फिल्म छायांकन गर्ने उद्देश्यले दीपक नमुना गाउँ बनाउन कस्सिएका हुन् ।

 

तपाईको प्रतिक्रिया