Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले कृत्रिम खुट्टाको सहारामा सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाईसहित सम्मान व्यक्त गरेका छन् ।सभामुखको सरकारी निवास बालुवाटारमा बुढामगरलाई सम्मान गरिएको हो । बुढामगरले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै सभामुखले प्रशंसा गरे ।

उनले भने, ‘तपाईं प्रेरणादायी व्यक्तिको सूचीमा विश्वमै कहलिनुभएको छ । तपाईंको प्रेरणाको कथा हरेक बालबालिकासम्म पुर्‍याउनुपर्छ । नेपालीले तपाईंप्रति गौरव गरिरहनेछन् ।’ उपसभामुख रानाले बुढामगरलाई सर्वश्रेष्ठ मानवको संज्ञा दिँदै आगामी दिनमा पनि आफ्नो यात्रालाई निरन्तरता दिन प्रेरणा प्रदान गरिन् । कार्यक्रममा एमाले सचेतक महेश बर्तौला र ईश्वरी जीएमले बुढामगरलाई बधाई दिए ।

 

तपाईको प्रतिक्रिया