शुक्रबार, मंसिर २२, २०८०
Friday, December 8, 2023

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई मुद्दा हालेर इरिटेट गर्ने काम भएको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत मुद्दा हालेर आफूलाई इरिटेट गर्ने काम भएको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

सर्वोच्च अदालतले बुधबार लामिछानेविरुद्ध मुद्दा दर्ता भएको छ । उनले मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताए । ‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुन्छ,’ उनले भने ।

सभापति लामिछानेले सर्वोच्च अदालतको मिति २०७९-१०-१३ को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरेको बताए । अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौँमा पेस गरी नेपाली नागरिकता पुनः कायम गराएको उनको दाबी छ ।

अमेरिकी राहदानीको सक्कल निस्सा पनि सर्वोच्च अदालतमा बुझाइसकेको उनको दाबी छ । ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०-०२-०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु,’ लामिछानेले भनेका छन्, ‘यसको जानकारी र सक्कल बमोजिम नक्कल मिति २०७५-०३-०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिए । टेलिभिजनबाट घोक्रो सुक्ने गरी सप्रमाण बोलिसकेको थिएँ ।’

तपाईको प्रतिक्रिया