Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता डा. मुकुल ढकालले पार्टीका निलम्बित समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने बताएका छन् । श्रेष्ठले सांसद बनाउँदा आफूसँग पार्टीका प्रवक्ता ढकाल र उपसभापति डिपी अर्यालले झन्डै ३ करोड रुपैयाँ लिएको आरोप लगाएपछि ढकालले उनीविरुद्ध मानहानिको मुद्दा दर्ता गर्ने बताएका हुन् ।

‘केही सञ्चारमाध्यममा मैले र पार्टी उपसभापति डिपी अर्यालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भीर ध्यानाकर्षण भएको छ’, प्रवक्ता ढकालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टि गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ । यसबाट हामीले हाम्रो मानहानि भएको महसुस गरेको हुँदा अदालतमा मानहानिको मुद्दा दर्ता गर्दै छौँ ।’

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दाबी गर्दै मुद्दा दर्ता गर्ने पनि उल्लेख गरेका छन् । अदालतले क्षतिपूर्ति दिलाएमा उक्त रकम रास्कोट अस्पताललाई सहयोगार्थ दिने पनि ढकालले घोषणा गरेका छन् । ढाकाकुमारले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिकपछि रास्वपाले उनलाई पार्टीबाट निलम्बन गरेको थियो ।

तपाईको प्रतिक्रिया