Deneme Bonusu Veren Siteler
शनिबार, चैत्र ०१, २०८१
Saturday, March 15, 2025

काठमाडौं – रुसी प्रधानमन्त्री मिखाइल मिसुस्टिन यतिबेला चीन भ्रमणमा छन् । चीनको औपचारिक निमन्त्रणमा उनको भ्रमण भएको हो । मिसुस्टिनले भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग छुट्टाछुट्टै भेट गरेका छन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन)
- जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने
- जापानी भाषाको लेभल N-3 सम्मको भए हुने
- कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

दुई देशबीचको सम्बन्ध अभूतपूर्व उच्च स्तरमा रहेको उल्लेख गर्दै रुसी प्रधानमन्त्री मिसुस्टिनले एकताबाटै कठिनभन्दा कठिन कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिने बताए । चीन र रुसका प्रधानमन्त्रीबीच व्यापार तथा सेवा क्षेत्रमा लगानी सहयोगलाई अझ सुदृढ बनाउने, चीनमा कृषि उत्पादन निर्यात गर्ने तथा रुसी ऊर्जा चीन ढुवानी गर्नेलगायत विषयमा छलफल भएको अधिकारीहरूले बताएका छन् । युक्रेनमा रूसले विशेष सैन्य कारवाही थालेपछि मस्कोबाट बेइजिङमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो।

पश्चिमा मुलुकले लगाएको प्रतिबन्धलाई जवाफ दिन चीनसँगको सहकार्य र साझेदारी अपरिहार्य भएकाले मस्को र बेइजिङबीचको सम्बन्ध झाङ्गिदै गएको विश्लेषकहरूले बताएका छन् । पारस्परिक सहायता अभिवृद्धिसम्बन्धी सम्झौतामा दुवै देशका अधिकारीले हस्ताक्षर गरेका छन् । हालै सम्पन्न जी–७ मा सात देशले रुसमाथिको प्रतिबन्धलाई अझ कडा बनाउने तथा रुसप्रतिको चीनको सहायताको व्यापक आलोचना गर्दै हालै सम्पन्न जी सेभेनको बैठकले युक्रेनबाट आफ्नो सेना फिर्ता गर्न रूसलाई दबाब दिन आग्रह गरेको छ ।

यसैबीच चीन र रूसबीच सहकार्य थप सुधार भएको विश्लेषकहरू बताउँछन् । गत मार्चमा चिनियाँ राष्ट्रपति सी रुसी राष्ट्रपति भ्लादिमर पुटिनको निमन्त्रणमा तीन दिने राजकीय भ्रमणका लागि मस्को पुगेका थिए । भ्रमणका सी र पुटिनले संयुक्त वक्तव्य जारी गरेका थिए । सीले द्वन्द्व अन्त्यका लागि पहल गर्ने र चीन तटस्थ बस्ने बताएका थिए । तर अन्य मुलुकको वैधानिक सुरक्षा चासोमा खलल पु¥याउने विषयमा मिलेर प्रतिवाद गर्ने सहमति पनि उनीहरूले गरेका थिए ।

सी रूस गएलगत्तै समानान्तर भ्रमणमा जापानी राष्ट्रपति युक्रेन पुगेका थिए। चिनियाँ राष्ट्रपति सी जिन्पिङ मस्को पुगेको भोलिपल्ट जापानी प्रधानमन्त्री फुमिओ किशिदा किएभ पुगेका हुन् ।

तपाईको प्रतिक्रिया