Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – झापा बिर्तामोडको कृषिथोक बजार भित्र टहरा बनाएर व्यापार गर्दै आएका व्यापारीले टहरा भत्काउन नमानेपछि बिर्तामोड नगरपालिकाले गएको सोमबार डोजर लगाएर उक्त स्थान खाली गरेको छ । सरकारी स्वामित्व रहेको उक्त स्थानमा सवारी साधनको पार्किङ सुविधासहितको बहुतले व्यावसायिक भवन निर्माण गर्ने योजना नगरपालिकाले अघि सारेको छ । तर केही राजनीतिक दलको सहयोगमा उद्योग वाणिज्य संघका केही पदाधिकारीलगायत व्यापारीले नगरपालिकाले दिएको अल्टिमेटम वेवास्ता गर्दै आएका थिए ।

धेरै पटकको सूचना र पछिल्लो समय शनिवार गरिएको माइकिङपछि सोमबार नगरपालिका कार्यालय एक्सनमा उत्रेको हो । बिर्तामोड नगरपालिकाका निर्वतमान नगरप्रमुख धुव्रकुमार शिवाकोटीको कार्यकालमा २०७७ सालमा सम्झौता भइ अस्थायी संरचनाहरू भत्काउने योजना नगरपालिकाले अघि सारेको हो ।२०७७ सालमै सर्वदलीय छलफलपछि सहमति भइ कार्यपालिकाको बैठकबाट अनुमोदन गरिएको र उद्योग बाणिज्य महांसघले पनि सहमति जनाएको बिर्तामोड नगरपालिकाको भनाइ छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले चुनाव र कोभिडको कारण समयमा काम गर्न नसकिएको बताए । नगरपालिकाले पटक-पटक ३५ दिने, १५ दिने, १० दिने सूचनामार्फत जग्गा खाली गराउन पहल गरे पनि व्यापारीहरूले त्यहाँका संरचना नहटाएकाले डोजर लगाएर हटाउनु परेको संग्रौलाले बताए ।

 

तपाईको प्रतिक्रिया